फाईल तस्बिर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२, दोभानमा तेस्रो ‘वडाध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि अहिले टिम दर्ता खुला गरिएको छ।

स्थानीयस्तरमा फुटबल खेलको विकास गर्नुका साथै युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि आज कात्तिक १० गतेसम्म नाम दर्ता गराउने अन्तिम मिति तोकिएको छ। टिम दर्ताको आज अन्तिम दिन भएकाले आयोजकले सम्पूर्ण इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गराउन आग्रह गरेको छ।

प्रतियोगिताबारे थप जानकारी लिन तथा टिम दर्ता गराउन चाहनेहरूले आयोजकका ९८४५२९२०२०, ९८६४५२२१०४ र ९७६२७६६४६४ नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।