हेटौँडा । श्रम संस्कृति पार्टीको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को वडा भेला सम्पन्न भएको छ। हेटौँडा–११ स्थित सिमलटारको थाहाचोकमा आयोजित भेलाले राजकुमार लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। यसअघि तदर्थ समितिको रूपमा मात्रै क्रियाशील रहेको यस वडामा अब पूर्ण कार्यसमिति निर्माण गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरूमा कल्पना घिमिरे र विश्वास ब्लोन चयन हुनुभएको छ भने सचिवमा गौतम वाइबा र कोषाध्यक्षमा अञ्जु थिङ चयन हुनुभएको छ। त्यसैगरी, समितिका सदस्यहरूमा नम्रता गुरुङ, सुरज जिम्बा, सुविन मोक्तान, कमल बानियाँ, गंगादेवी स्याङ्तान र ज्ञानबहादुर बल रहनुभएको छ।

वडाका तदर्थ समिति अध्यक्ष राम राईको सभाध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर बज्युको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पार्टीका मकवानपुर जिल्ला अध्यक्ष युनेश लामा र हेटौँडा उपमहानगरपालिकाका नगर अध्यक्ष मोहन वाइबालगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।