हेटौँडा । भारतको सिलिगुडीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रणामी बाइजुराज संघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। साउन ९ र १० गते आयोजित उक्त सम्मेलनमा नेपाल, भुटान र भारतका विभिन्न प्रान्तहरूबाट महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

गुरुजी श्री १०८ मोहनप्रियाचार्य महाराजज्युको संरक्षण तथा परमहंस स्वामी श्री १०८ सदानन्द महाराजज्यु, कर्मठ सन्त श्री १०८ कृष्णदास महाराजजी र सिक्किम सरकारका सल्लाहकार श्री रोहितराज महाराजज्यू लगायत विभिन्न सन्त–महन्त र विभिन्न धार्मिक संघसंस्थाका पर्यवेक्षकहरूको समुपस्थितिमा सम्मेलन सम्पन्न भएको हो।

उक्त सम्मेलनको सत्रले श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालकी पूर्वअध्यक्ष शारदा शर्माको अध्यक्षतामा २१ सदस्यीय श्रीकृष्ण प्रणामी अन्तर्राष्ट्रिय बाइजुराज संघको नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा गठन गरेको छ। नवनिर्वाचित समितिले नेपाल, भारत र भुटानको प्रतिनिधित्व गर्नेछ।

नवनिर्वाचित संघको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा बिन्दु घिमिरे र सहसचिवमा सुनिता भट्टराई चयन भएका छन्। त्यस्तै, समितिको सदस्यहरूमा सविता सापकोटा, शारदा मैनाली र निर्मला थापा सर्वसम्मत चयन भएका छन्।