हेटौँडा । श्रीकृष्ण प्रणामी मन्दिर, अक्षरातित धाम हेटौँडा–४ को ५३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सहकोषाध्यक्ष अर्जुन वाग्ले, केन्द्रीय सदस्य केदार चौलागाईं, जिल्ला अध्यक्ष श्रीराम खतिवडा र श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य शिव खतिवडाले मन्तव्य राखेका थिए।

मन्दिरका अध्यक्ष सुदर्शन प्रसाद वाग्लेको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्षबाट प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

कार्यक्रममा इकाइ मन्दिरको तर्फबाट मुलमिलवाधामका अध्यक्षले पनि आफ्नो मन्तव्य राखेका थिए भने जिल्लाका लेखा संयोजक प्रमोद वाग्लेलगायतले मन्तव्य दिएका थिए।