हेटौँडा । श्रीकृष्ण प्रणामी मन्दिर, सुन्दरधाम मकवानपुरगढी ५ सुन्दरधामको ४८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
मकवानपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका सह–कोषाध्यक्ष अर्जुन वाग्ले, केन्द्रीय सदस्य केदार चौलागाईं, जिल्ला अध्यक्ष श्रीराम खतिवडा तथा विभिन्न इकाई मन्दिरका अध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।
साधारणसभाले मन्दिरको वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।











