हेटौँडा । हेटौँडास्थित त्रिभुवन माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी गुरुपूर्णिमा मनाइएको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा केक काटेर तथा शिक्षक-शिक्षिकालाई फूलगुच्छा र कलम प्रदान गर्दै गुरुप्रतिको सम्मान प्रकट गरिएको थियो।

कार्यक्रममा कक्षा १२ का संयोजक अनन्त अधिकारीले महर्षि वेद व्यासले महाभारतको रचना गरेको र उनै वेद व्यासलाई आदिकुरु मानी गुरुपूर्णिमा मनाउने गरिएको किम्बदन्ती रहेको बारे प्रकाश पार्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय गोविन्दप्रसाद न्यौपाने र बद्री लम्साल, विद्यालयका सहायक प्रधानाध्यापक बैकुण्ठ नेपाल, कक्षा १२ का संयोजक अनन्त अधिकारी लगायत शिक्षक-शिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।