मकवानपुर, २० मंसिर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ गंगटेमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परि ५ जना घाइते भएका छन् । ट्रक सडकमै पल्टिएको हो ।

बुधबार दिउँसो परालको भुसा बोकेर काठमाडौ जाँदै गरेको ना ८ ख ६४९९ नम्बरको ट्रक पल्टिएको हो । दुर्घटनामा घाइतेलाई ईलाका प्रहरी कार्यालय ठिङ्गनको टोलीले उद्वार गरी उपचारको लागि हेटौँडामा ल्याइएको छ । घाइते परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।