मकवानपुर, १६ कात्तिक । युट्युबमा जस्तै फेसबुकबाट पनि पैसा कमाउन सकिन्छ । तर नेपालमा भने यो सहज छैन । हुन त फेसबुकबाट पैसा कमाउने थुप्रै तरिका छन् । तर नेपालमा भने केही कमै मात्र छ । यदि आफैले स्पोन्सर लिने वा प्रमोटेड कन्टेन्ट हाल्ने हो भने नेपालमा फेसबुकबाट प्रशस्त पैसा कमाउन सकिन्छ । त्यसको लागि फेसबुक पेज निक्कै चर्चित हुनुपर्छ वा व्यक्ति नै सेलिब्रेटी हुनुपर्छ । तर फेसबुकले नै दिने विज्ञापनबाट भने नेपालमा कमाई गर्न गाह्रो छ ।

अहिले नेपालमा विशेषगरी स्टार्स फिचरबाट मात्र पैसा कमाउन सकिन्छ । तर विदेशमा बस्ने नेपालीलले भने स्टार्स फिचरबाट मात्रै होईन । फेसबुकमा भिडियो हालेर मोनेटाईज गर्दै फेसबुकले नै दिने विज्ञापनको पैसा लिन सक्छन् । फेसबुकमा भिडियो हालेर मोनेटाईज गर्ने सुविधा नेपालमा नभए पनि संसारका धेरै जसो देशमा छन् जहाँ नेपालीहरु बसोबास गर्छन् ।

विदेशिएका नेपालीहरुले उक्त देशबाट भिडियो अपलोड गरेर निश्चित क्राईट एरिया पुगेपछि भिडियो मोनेटाईज गर्न सक्छन् र पैसा कमाउन सक्छन् । यसबारेमा थप जान्न यो भिडियो पनि हेर्नसक्नुहुन्छ–