मकवानपुर, २१ मंसिर । मकवानपुरको हेटौँडाबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–सतुङ्गल सडक आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल बगेश्वरी खोरोङ टेकर देउराली सडकमा दोमान काली उकालोहरुमा ढलानको काम सुरु भएको हुनाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको दुवै सडकखण्ड निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको भए पनि पछिल्लो समय म्याद थप भएको समयमा पनि निर्माणको काम पूरा भएको छैन ।










