मकवानपुर, २१ मंसिर । देशका विभिन्न स्थानहरुमा आज मौसम धुम्म हुने तर तत्काल पानी नपर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको हो ।

छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना छैन ।