
मकवानपुर, २२ मंसिर । हेटौँडा सिटी कलेज (जेनिथ) का कक्षा ११ र १२ का विद्यार्थीहरुलाई योगको महत्व बारेमा जानकारी दिइएको छ ।
शुक्रबार कलेज परिसरमा एक कार्यक्रमकाबिच पतञ्जली योग नेपाल केन्द्रिय समितिका सहप्रभारी डाक्टर ललितशंकर योगी लगायतका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई योगको महत्वका बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रममा योगबाट हुने शारिरिक, मानसिक र आत्मिक फाईदाहरु महत्वपूर्ण रहेको डाक्टर योगीले जानकारी दिए । योगबारे विद्यार्थीमाझ बताउन पाउँदा अत्यन्त खुशी लागेको हेटौँडा सिटी कलेज(जेनिथ) का सञ्चालक सुमन्त सिलवालले बताए ।