मकवानपुर, २३ मंसिर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा ‘एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८०’ आजदेखि हेटौँडामा सुरु हुँदैछ ।

शुक्रबार नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयमा पत्रकार सम्मेलन गर्दै संघले मकवानपुर जिल्ला भित्रका आधिकारिक स्थाइ बसोबास गर्ने खेलाडी तथा क्लवहरुले सहभागी हुन पाउने गरि प्रतियोगिता गर्न लागिएको जानकारी गराइएको हो ।

करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएको प्रतियोगिताकालागि बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाको सहयोग रहेको छ । हेटौंडा –५ को पिप्ले–क्याम्पा रंगशालामा हुने खेलमा १२ वटा टिमको सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फाइनल खेल मंसिर ३० गते हुने छ ।