मकवानपुर, २३ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा राप्रपाको नयाँ वडा कार्य समिति गठन गरिएको छ । कार्य समितिको अध्यक्षमा श्रीहरि न्यौपाने चयन भएका छन् ।

समितिको उपाध्यक्षमा पूर्णिमा लोप्चन, सचिवमा अशेष कुमार सुवेदी, सहसचिवमा ईन्द्रदेवी विक, कोषाध्यक्षमा राधाकृष्ण बजगाईँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा होतराज गजुरेल, जीवन फुयाँल, होमबहादुर थापा मगर, सुकदेव विश्वकर्मा र शेरबहादुर लामा चयन भएका छन् ।

समितिको सल्लाहकारहरुमा शिवप्रसाद न्यौपाने, देवराज बर्तौला, जयभगवान बिडारी, हरिप्रसाद अर्याल, विरबहादुर विश्वकर्मा, काजीमान जिम्बा र दधिराम पोखरेल चयन भएका छन् ।

यसैबिच विभिन्न पार्टी परित्याग गरि ३० जनाले राप्रपा पार्टी प्रवेश गरेका छन् । राप्रपा हेटौँडा ११ का पूर्व अध्यक्ष शिवप्रसाद न्यौपानेको सभाध्यक्षता तथा संघीय सांसद दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा राप्रपाका बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपाने, जिल्लाका वरिष्ठ नेता सिताराम बर्तौला, जिल्ला उपाध्यक्ष तथा कार्यवबहाक अध्यक्ष सागर थापा, सहकोषाध्यक्ष सन्दिप सापकोटा, नगर अध्यक्ष अरुण लामा लगायतको उपस्थिति थियो ।