तस्बिर– गुगल

मकवानपुर, २७ मंसिर । मकवानपुरको मनहरीमा वर्षेनी जस्तै यसपटक पनि हात्ती आतंक सुरु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर–८ चिसापानीमा मंगलबार राति जंगली हात्तीले स्थानीयहरुको घर हल्लाएपछि त्यहाँका बासिन्दा रातभरि सुत्न समेत नेकेको स्थानीयहरुले बताएका छन् ।

हात्तीले स्थानीय जमुना कुमारी अधिकारीको काठको बार भएको टिनले छाएको २ कोठे घर भत्काउने प्रयास समेत गरेको स्थानीयले बताएका छन् ।हात्तीले उनको घरको पछाडिको भाग नै भत्काएपछि स्थानीयको सहयोगमा हात्तीलाई लखेटिएको थियो ।

मनहरीमा हरेक वर्ष पटक पटक हात्ती र बाघ जस्ता जनावरहरुको आतंक भईरहेको छ । जनावरको आक्रमणमा परि स्थानीयहरुको ज्यान समेत गइरहेको छ ।