मकवानपुर, २७ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा ‘घरेलु उत्पादन्, कृषि उपज प्रदशर्नी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता–२०८०’ हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयको आयोजनामा आउँदो पुस २ र ३ गते मेला तथा प्रतियोगिता हुने भएको हो ।
वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै मेलाको बारेमा जानकारी गराएको थियो । हेटौँडा १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रर्दशनीमा राखिने छ । प्रर्दशनीमा ३० वटा स्टलहरु राखिने भएको छ । स्टलहरु निशुल्क रुपमा उपलब्ध गराइने छ ।
नृत्य प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वित्तिय हुने टिमले ३५ हजार र तृतिय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।










