मकवानपुर, २८ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० मा पञ्चशील युवा क्लब हेटौँडा १२ बेलडाँडा फाईनलमा प्रवेश गरेको छ । बुधबार हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालमा भएको पहिलो सेमिफाईनल खेल जित्दै पञ्चशील फाईनलमा पुगेको हो ।
सेमिफाईनल खेलमा पञ्चशीलले जनहित युवा क्लब हेटौँडा १९ लाई ३–० गोल अन्तरले पराजित गरेको थियो । खेलमा पञ्चशीलका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले १–१ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच पञ्चशीलका जर्सी नम्बर ५ राजन गोले भएको क्लबका संयोजक बिरेन कुमार लोप्चनले बताएका छन् ।

अब पञ्चशीलले बिहीबार सेमिफाईनल जित्ने अर्को टिमसँग मंसिर ३० गते हुने फाईनल खेलमा प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । जसमध्ये २ टिमले मकवानपुर जिल्ला लिगमा सहभागिता जनाउनेछन् ।










