प्युठान, २८ मंसिर । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा बिहीबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ५ जना घाईते भएका छन् । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको हो । जीप एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा दुर्घटनामा परेको थियो ।