साँकेतिक तस्बिर

धनुषा, २९ मंसिर । धनुषामा २४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।

उनले लगाएका कपडा खाल्डो छेउमा भेटिएको छ । बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।