मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार दिउँसो एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २२ वर्षीय श्रवण कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकी रहेको अवस्थामा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।