मकवानपुर, ७ पुस । मकवानपुरको मकवानपुरगढीमा आयोजित मकवानपुरगढी उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता २०८० अन्तर्गत आज सेमिफाईनल र फाईनल खेलहरु हुँदैछ ।

शनिबारको पहिलो सेमिफाइनल प्रतिभा युवा क्लब र जालपादेवि माध्यमिक विद्यालयबिच हुँदैछ भने दोस्रो सेमिफाइनल खेल वडा नम्बर ८ बुढिचौर र आमभञ्ज्याङ्ग युवा क्लबबिच हुँदैछ । त्यस्तै आज दिउँसो २ बजे महिला नौमती बाजाको प्रस्तुति सहित फाइनल खेल पनि आयोजना हुने आयोजक आमभञ्ज्याङ युवा क्लबले जनाएको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा पोल ‘ए’ को बिजेता र उपबिजेता हुँदै प्रतिभा युवा क्लब र आमभञ्ज्याङ्ग युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पोल ‘बि’ को बिजेता र उपबिजेता हुँदै वडा नम्बर ८ बुढी चौर र जालपादेवी मावि सेमिफाइनल प्रवेश गरेको थियो ।

मकवानपुरगढी गाउँपालिकाको प्रमूख आयोजना तथा मकवानपुरगढी खेलकुद विकास समितिको समन्वय तथा आमभञ्ज्याङ युवा क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।