तस्बिर–ठाकुर नेपाल

मकवानपुर, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का सचिव दुर्गाप्रसाद न्यौपानेले स्थानीय जेहेन्दार विद्यार्थीलाई मदत गरेका छन् । न्यौपानेले बिपी आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत एलिया थिङलाई शैक्षिक सामग्री र लत्ताकपडा मदत गरेका हुन् ।

आमा गुमाएका टुहुरा एलियालाई न्यौपानेले ब्याग, कपि, विद्यालयको ड्रेस र स्विटर उपलब्ध गराएको विद्यालयका ठाकुर नेपालले जानकारी दिएका छन् ।