
मकवानपुर, २४ पुस । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमल्टारमा रहेको विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष कमलचन्द्र सुमनको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ११ वडा कार्यालयका सदस्य विकास नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामा, राष्ट्रिय भूमि अधिकार मञ्च हेटौँडाका नगर अध्यक्ष गोविन्द प्रसाद न्यौपाने, सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी भण्डारी, लेखा समिति संयोजक यदुनाथ पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाले बिगत केही समयदेखि विपन्न महिलाहरुको आयआर्जनका लागि सिलाई कटाईको बेसिक तथा एड्भान्स तालिम समेत दिँदै आएको छ ।