मकवानपुर, २६ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा उत्पादित रैथाने बालीहरु काठमाडौँमा भएको प्रदर्शनी कार्यक्रममा प्रदर्शन गरेको छ । गाउँपालिकाका कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीका अनुसार नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय र एफ.ए.ओ. नेपालको संयुक्त आयोजनामा बिहीबार काठमाडौँमा भएको प्रदर्शनीमा रैथाने बाली प्रदर्शन गरिएको हो ।

रैथाने बालीहरुको प्रवद्र्धन गर्ने उदेश्यले होटल सोल्टी काठमाडौँमा ‘फ्युचर स्मार्ट क्रप्स प्रर्दनी’ को आयोजना गरिएको थियो । प्रदर्शनीमा सेतो, रातो र कालो कोदोको दाना, तितेफार, जुनेलो र धानकोदोको दाना, कोदो, धानकोदो र जुनेलोको बाला, कालीखोला ब्राण्डको पिठो तथा मिठे र तितेफापरको पिठो प्रदर्शनी तथा बिक्रीका लागि राखिएको अधिकृत चौधरीले जानकारी दिए ।

त्यस्तै कोदोको बिस्कुट र निम्की, जुनेलोको लड्डु तथा स्थानीय र रैथाने बालीका बिउहरु समेत प्रदर्शनीमा राखिएको थियो ।