जी. न्यौपाने, मकवानपुर, २८ माघ । मकवानपुरको हेटौँडामा ऋतमभरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

पुननर्वा अस्पतालको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका थिए । हेटौँडाको अमर माध्यमिक विद्यालय प्राङ्गणमा गरिएको स्वास्थ्य शिविरमा प्रेसर,सुगर, पल्स र हाडजोर्नी दुखाईका साथै नशासम्बन्धी रोग जाँच गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविर हेटौँडा उपमहानगरपालिकाको सहयोगमा गरिएको हो ।