मकवानपुर, २८ कात्तिक । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय सोमबारदेखि नै कार्यान्वयन गर्ने भएपछि अहिले त्यसको चर्चा र आलोचना बढिरहेको छ । उसो भए के टिकटक बन्द नै हुन्छ त ? सरकार निर्णयमा अडिग रह्यो भने अवश्य बन्द हुन्छ । किनभने टिकटक बन्द गर्न सबै इन्टरनेट सेवाप्रदायक (आईएसपी( र टेलिकम अपरेटरलाई टिकटक बन्द गर्न पत्राचार गरिसकिएको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

टिकटक बन्द हुनु अघि तपाईले यी कामहरु गर्न सक्नुहुन्छ–
१) टिकटकको बायोमा तपाईको अन्य सामाजिक सञ्जालको लिंक राख्नुहोस् र आफ्ना फलोअरहरुलाई त्यतातर्फ जोडिन आग्रह गर्नुहोस् ।
२) तपाईको राम्रा र यादगार भिडियोहरु डाउनलोड गर्नुहोस् त्यसका लागि तपाईले डाउनलोड टिकटक डाटा अप्सन पनि प्रयोग गर्न सक्नुहुन्छ ।
३) टिकटक जस्तै चर्चित ईन्स्टाग्रामको रिल्स प्रयोग गर्न पनि सक्नुहुन्छ ।
४) टिकटक एकाउन्ट डिलिट गर्नुको साटो नेपालमा पछि फेरि चल्नसक्छ त्यसैले त्यता ध्यान दिनुहोस् ।
५) तपाईसँग पेड भिपिएन छ भने त्यो प्रयोग गरेर टिकटक चलाउन सक्नुहुन्छ ।