जी. न्यौपाने, मकवानपुर, ८ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित हेटौँडा बसपार्कमा प्रजातन्त्र दिवसका अवसरमा सोमबार झण्डोत्तलन कार्यक्रम गरिएको छ । दिनेश डंगोलको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्नुभएको हो ।

झण्डोत्तलनको लागि झण्डा र सामग्री दिनेश–दिपेश डंगोलका दिवंगत हजुरबुवा फत्तेनारायण डंगोल, हजुरआमा इन्द्रकुमारी डंगोल र पिता बालगोपाल डंगोलको सम्झनामा डंगोल परिवारले निर्माण गरेका हुन् ।