जी. न्यौपाने, मकवानपुर, ८ फागुन । काठमाडौँ र हेटौँडाबाट प्रसारित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जको १६ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी समापन गरिएको छ ।

हेटौँडा तरकारी बजार सरसफाई, महिलामैत्री फुटबल प्रतियोगिता, मामाघर नेपालमा आश्रित बालकहरुलाई रात्री भोजन, विभिन्न साँस्कृतिक तथा साहित्यीक कार्यक्रम र सम्मान लगायतका कार्यक्रमहरु गर्दै कार्यक्रमको समापन गरिएको रेडियो थाहा सञ्चारले जनाएको छ ।

रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडियो थाहा सञ्चारका संरक्षक अजयराज सुमार्गी, प्रबन्ध निर्देशक अरुणराज सुमार्गी, हेटौँडा ४ का वडाअध्यक्ष नविन सिग्देल, नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।