मकवानपुर, ८ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा प्रथम वडा स्तरीय बृहत्शै क्षिक महोत्सव २०८० आज पनि जारी छ । वडा शिक्षा समिति हेटौंडा १५ को आयोजनामा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’वडा बासीको एउटै नारा शैक्षिक विकासमा लागौं सारा’ भन्ने मुल नाराका साथ मेला भएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शैक्षिक मेलाको औपचारिकरूपमा उद्घाटन गरेकी हुन् । वनदेवी आधारभुत विद्यालय फारलाइनमासोमबारदेखि लगातार तीन दिन सम्म चल्ने शैक्षिक महोत्सवमा विभिन्न खाले शैक्षिक गतिविधिमा आधारित कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सवमा वडाको ८ वटा सामुदायिक विद्यालय र २ वटा निजी विद्यालयले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्षहरु, सघ संस्थाको प्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।