काठमाडौँ, १५ फागुन । भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे सोमबार निधन भएकाे छ । उहाँ ८२ वर्षकाे हुनुहुन्थ्याे ।

आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्याे । आचार्यलाई उपचारका लागि ललितपुरकाे नख्खुमा रहेकाे मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । उहाँकाे शव मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि मंगलबार नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चाेट दिन्छ्याै देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाउनुभएकाे छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएकाे छ ।