मकवानपुर, १६ फागुन । राष्ट्रिय खेलकुद परिषद दिब्य स्पोर्टस् एकेडेमीले रग्बी खेलाडीहरुलाई प्रशिक्षण तथा अनुगमन गरेको छ ।

हेटौंडा–९ स्थित दिब्य बाल उधानमा २०७९ सालदेखि रग्बीको छात्रवृत्ति पाएका बालबालिकाहरुलाई प्रशिक्षण दिइएको एकेडेमीका प्रशिक्षक अकील लाल श्रेष्ठले बताए । राष्ट्रिय खेलकुद परिषदका उपनिर्देशक राजेन्द्रमान तुलाधर र खेलविज्ञ शिवराज भट्टले प्रशिक्षण र अनुगम गरेका हुन् ।

१२ जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरियको एकेडेमीका अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए । कार्यक्रममा एकेडेमीका पदाधिकारी, हेटौँडा रगर्स रग्बी क्लबका कार्यबाहक अध्यक्ष मधु आले मगर र स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको एकेडेमीका उपाध्यक्ष अर्जुन थापा मगरले जानकारी दिए ।