जी. न्यौपाने, मकवानपुर, १६ फागुन । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाले भेडा बाख्रामा लाग्ने हैजा पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।

मन्त्रालयले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै खोप अभियानबारे जानकारी दिएको हो । फागुन १६ गतेदेखि हुने अभियान फागुन २२ गतेसम्म चल्ने मन्त्रालयले जनाएको छ । भेडा बाख्रालाई लगाउन ५८ प्रतिशत खोप रहेकोले अभियानका लागि पर्याप्त रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमै बन्ने खोप भएकोले अभाव नहुने मन्त्रालयले जनाएको छ । भेडाबाख्रामा केही मरिसकेको, केही काटेर खाएका, केही ३ महिना नपुगेको र केहीले पहिल्यै खोप लगाइ सकिएको कारण ५८ प्रतिशत खोप पर्याप्त हुने मन्त्रालयको दाबी छ ।