मकवानपुर, १८ फागुन । दुधको मूल्य नपाएको भन्दै मकवानपुरका दुग्ध उत्पादक किसानहरु आन्दोलित भएका छन् । किसानहरुले बिहिबार बागमती प्रदेशको राजधानी हेटौँडामा विरोध प्रदर्शन गर्दै र्याली निकालेका थिए ।

मकवानपुर जिल्लाका दुग्ध उत्पादक किसानहरु हेटौँडाको बुद्धचोकमा जम्मा भएर विशाल जुलुशमा ऐक्यवत्तता जनाएका थिए । नारा जुलुश गर्दै किसानहरुले बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालय, हेटौँडा बसपार्क, बाईपास रोड हुँदै बिरगञ्ज पथलैया जाने बाटो निस्केर पूनः बुद्धचोकमा आई केहीबेर धर्ना दिएर हेटौँडा १ चौकिटोलस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि गएर प्रदर्शन गरेका थिए ।

५ महिनादेखि दुधको मूल्य नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएको दुग्ध उत्पादक संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेलले बताए । यसैगरी संघका बागमती प्रदेश अध्यक्ष एकराज उप्रेतीले यदि सरकारले किसानको माग नसुनेमा चरणवद्ध आन्दोलन हुने बताए । यसैगरी संघका सल्लाहकार बिदुर हुमागाईँ र नेता बद्रीप्रसाद लम्सालले सोझो किसानलाई चलाउनु भनेको ठूलो समस्यामा पर्नु हो भन्दै सोझोलाई रिस उठिसकेपछि आन्दोलनले विकराल रुप लिने चेतावनी दिए । ‘‘किसानहरुले दुध बेचेको पैसा मागेका हुन्, सरकारसँग भिख मागेका होईनन्’’ हुमागाईँले आक्रोश पोखे ।

किसानहरुले दुध बेचेवापत निजी क्षेत्रका डेरीसँग करिब ६ अर्ब रुपैयाँ र डिडिसीले ९० करोड रुपैयाँ भुक्तानी दिएका छैनन् दुध उत्पादक किसानहरु बढिरहेका छन् ।

किसानलाई बोल्न नदिएको भन्दै किसानहरु आन्दोलित

विरोध प्रदर्शनका बेलामा संघले संघको कुरामात्रै राखेको र किसानहरुलाई बोल्न नदिएको भन्दै दुग्ध उत्पादक संघले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा आएका किसानहरुले संघको विरोध जनाएका छन् ।

कार्यक्रममा बोल्ने सबै नेताहरु एकै पार्टीको भएको र संघको हितको लागि भन्दै एकैमात्र पार्टीकरण गर्न खोजिएको राप्रपाका एक नेताले नाम नबताउने शर्तमा बताए । किसानले बोल्ने क्रममा संघका पदाधिकारीले माईक खोसेको भन्दै आन्दोलनमा आएका किसानहरुले यसकुराको चर्को विरोध गरेका थिए ।

‘‘यो त धमिलो पानीमा माछा मार्ने जस्तो काम भयो’’–नेकपा एकिकृत समाजवादीका एक मजदुर नेताले बताए । सबैको साझा आन्दोलनलाई यसरी एउटै पार्टीले श्रेय लिन नहुने जानकारहरु बताउँछन् ।

किसानको हातबाट यसरी माईक खोसियो र यसरी भयो विरोध–