मकवानपुर, १९ फागुन । आम जनता पार्टी मकवानपुरको आज हेटौडामा प्रथम जिल्ला अधिवेशन भएको छ । अधिवेशन शिशिर राजथालाको सभाध्यक्ष्तामा भएको थियो ।

प्रथम जिल्ला अधिवेशनले शिशिर राजथलाको संयोजकत्वमा सुदिप राजथला र श्रीनिवास साहलाइ सह-संयोजक घोषणा गरेको छ । साथै पार्टीको भातृ संगठन आईटी आर्मीको संयोजकमा पुकार थिङ्ग र सह संयोजकमा अरुण स्याङ्तानलाई चयन गरिएको छ ।

कार्यक्रमका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष, महा सचिबव र आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्र भुषण साह र नेकपा एमाले मकवानपुरका युवा विद्यार्थी नेता मनिषमान श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा २ सहिद परिवारलाई सम्मान गरिएको थियो ।