मकवानपुर, २३ फागुन । मकवानपुर, २३ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा राप्ति नदि आसपासमा सरसफाई गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंटा ११ ले राप्ति रिभर साइडमा सरसफाई कार्यक्रम गरेको हो ।

समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा – ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले राप्ती तट हामी सबैको साझा रहेको भन्दै दिनदिनै सफा गर्नुभन्दा पनि फोहोर नै गर्नुहुँदैन भन्ने चेतनाको विकास गराउनु जरुरी रहेको बताइन् । कार्यक्रममा वडा सदस्यद्व सञ्जय विडारी, विकास नेपाललगायतको आतित्यता रहेको थियो ।

सरसफाई कार्यक्रममा राप्ति तटमा रहेको फोहोरहरु बटुलेर जलाइएको थियो । सोही अवसरमा हातेमालो बंगुर पालक कृषक समूहले फोहोर हाल्नको लागि वडा समन्वय समितिलाई १० वटा डस्टविन वितरण गरेको थियो ।

राप्ति रिभरसाइड सरसफाई तथा निगरानीको लागि सुन्दरलाल श्रेष्ठको अध्यक्षतामा समिति समेत बनाइएको छ ।