तस्बिर–नविन आचार्य

मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयमा नमूना रोजगार सेवा केन्द्रबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हेटौँडा उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग नमूना रोजगार सेवा केन्द्रबारे अन्तरक्रिया भएको त्यहाँबाट नविन आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ११ का जनप्रनिधिहरुका साथै कर्मचारी र अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।