मकवानपुर   ३० ,चैत्र

   श्री कृष्ण प्रणामी सेवासमिति मकवानपुर द्वारा आयोजित शुभकामना आदान प्रदान तथा भित्ते  पात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि श्री कृष्ण प्रणामी सेवासमितिका केन्द्रिय उपाध्यक्ष रामकृष्ण तिवारी बाट श्री कृष्णको  फोटोमा आरति तथा भित्ते पात्रो लोकार्पण गरि उद्घाटन गरियो । मकवानपुर जिल्ला का अध्यक्ष्यको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका पधाधिकारी एवं जिल्ला भित्र रहेका मन्दिर इकाई समितिका अध्यक्ष्य राजु नेपाल , सुदर्सन प्रसाद वाग्ले ,वाल कृष्ण घिमिरे ,युवापरिषदका जिल्ला अध्यक्ष्य राजु खतिवडा ,पण्डित गोपाल कृष्ण तिमलसिना लगायत स्थानीय सुन्दरसाथको  सहभागितारहेकोकार्यक्रम संस्थाका जिल्ला सचिव मोहन ढकालले संचालन गर्नु भएको थियो ।