हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा कर्णावती उधमी महिला कृषक समूहलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ।
स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले महिला सशक्तीकरणको क्षेत्रमा सकारात्मक संकेत दिएको छ।
वडा कार्यालयले बाख्रापालन जस्ता लघु उद्यमहरूलाई प्रवर्द्धन गर्दै महिलाहरूको आयआर्जन क्षमता वृद्धि हुने विश्वास व्यक्त गरेको छ।
कर्णावती महिला समूहकी अध्यक्षले कार्यक्रममा सहभागिता जनाउँदै उपलब्ध बाख्रालाई व्यवस्थित रूपमा पालनपोषण गरी त्यसलाई व्यवसायीक रूप दिने प्रतिवद्धता व्यक्त गरिन्।
वडा कार्यालयले भविष्यमा समेत यस्ता लघु कृषिका पहलहरूलाई निरन्तरता दिँदै महिला तथा पिछडिएका वर्गका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताएको छ।












