मकवानपुर, २६ जेठ । हेटौँडामा नेकपा एकिकृत समाजवादी पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णुमाया लामाको अध्यक्षतामा ६६ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तारा ढुङ्गाना लामा , सचिवमा सफल अधिकारी तथा उपसचिवमा देवेन्द्र पराजुली र हेम सुवेदी लाई चयन गरेको छ । यस्तै भुगोलबाट ३८ ,दलितबाट ३ , मुस्लिमबाट २ , युवा खुलाबाट ५ , महिलाबाट २ र खुलाबाट १० जना सदस्यहरु चयन भएका छन् ।

देवराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा एकिकृत समाजवादीका प्रभावशाली नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियोे । प्रमुख अतिथि खनालले देश विकास समाजवादी अवधारणाले मात्र सम्भव हुने बताए । उनले पुँजिवाद , आधिपत्य जमाउन खोज्ने दलहरुले देशको अवस्था कमजोर भएको औंल्याए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य घनप्रसाद, केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल , हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामा ,केन्द्रिय सदस्य राजाराम स्याङ्तान , जिल्ला अध्यक्ष विष्णु दाहाल , सचिव धुर्व भुजेल लअगायतको आतिथ्यता रहेको थियोे ।