मकवानपुर, २९ जेठ । नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् मकवानपुरका यूवा नेता राजेश भेटवालले राज्यको स्वामित्वमा रहेको हेटौँडा अस्पताललाई एक राजनितिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरणको विषयलाई आपत्ति जनाएका छन् ।

भेट्वालले एक विज्ञप्ती जारी गर्दै अस्पतालले आम नागरिकलाई सहज, सरल र सस्तो सुलभमा उपचार सेवा प्रदान गरिरहेको अवस्थामा प्रतिष्ठानमा गाभिँदा अस्पतालको अस्तित्व र गरिमा माथिनै प्रहार गरिएको बताए ।

उनले राज्यको सम्पति र आमनागरिकको अधिकार माथि कुचेष्टा नगर्न आग्रह समेत गरेका छन् । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेकोको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । हेर्नुहोस् विज्ञप्ति–