मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा निर्माण भएको पूर्वाधारहरुको अनुगमन गरिएको छ । चालु आर्थिक वर्षमा करिब ७६ लाखमा ती पूर्वाधारहरु निर्माण भएका थिए ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र वडाअध्यक्षहरुको टोलीले हेटौँडा १९ को शेरसेर खोला हुँदै ज्यामिरे क्षेत्रमा निर्माण भएको पुर्वाधारको अनुगमन गरेका हुन् ।

त्यस क्षेत्रमा चालू आर्थिक वर्षमा उपमहानगरले शेरशेर खोला कज्बेका लागि ३० लाख बजेट खर्चेको छ । त्यस्तै कलवान खोला कज्वेका लागि ८ लाख, भालुखोला कल्बडका लागि ८ लाख तथा पन्ध्रस्वला ज्यामिरे वाल निर्माणका लागि ३० लाख रुपियाँ बजेटसहित काम गरेको उपमहानगरपालिकाले जनाएको छ ।