मकवानपुर । अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले) को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिएका हुन् ।

अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि उनीहरुले स्वाभाविक रूपमा बाहिरिने प्रतिक्रिया परियारले दिएका छन् ।

रास्वपाले भ्रष्टाचारीहरुविरुद्ध कदम अगाडि बढाएकोले गठबन्धन परिवर्तन भएको समेत रास्वपाको आरोप छ ।