मकवानपुर । नेकपा (एकिृत समाजवादी) मा रहेका मकवानपुरका केही नेताहरु नेकपा एमालेमा पूनः फर्किएका छन् । नेकपा एमालेका नविन सिग्देलका अनुसार ३ जना नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका हुन् ।

पार्टीमा पून फर्किएकाहरु नेकपा एस मकवानपुरका पूर्व जिल्ला उपाध्यक्ष, सचिवालय सदस्य र पूर्व सदस्य रहेका छन् ।

सिग्देलका अनुसार आज भएको कार्यक्रममा नेकपा एस, मकवानपुरका पुर्व जिल्ला उपाध्यक्ष भुमिनन्द अर्याल, सचिवालय सदस्य कालु ढकाल तथा पूर्व जिल्ला कमिटी सदस्य जविन्द्र थोकर एमालेमा फर्किएका हुन् ।