मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ । आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि उनले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिएका थिए । लगत्तै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल भएका देवकोटा आइतबार गृह जिल्ला कैलाली पुगेका थिए ।
प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।
सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।












