मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सामी कार्यक्रम अन्तर्गत अडियो भिज्युअल सामग्रीको सुरुवात गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सेवाको सुरुवात गरेका हुन् ।
उक्त सामग्रीबाट वैदेशिक रोजगारीमा जान तयारी गर्नेहरुले लाभ उठाउन सकिने बताइएको छ । विदेशमा रोजगारीका लागि जान चाहनेहरुले कार्यालयमा राखिएका सामग्रीहरुले विभिन्न जानकारी प्रदान गर्ने छ ।
वैदेशिक रोजगारीका लागि अपनाउनुपर्ने सुरक्षाका उपायहरु, ध्यान दिनुपर्ने कुराहरु तथा आफुमा हुनुपर्ने विभिन्न गुणहरुका बारेमा उक्त सामग्री उपयोगी हुने बताइएको छ ।