मकवानपुर । बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ४ जनाको मृत्यु भएको छ भने ७३ घाईते र ६४ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीले असोज ११ गतेदेखि असोज १३ गते बिहान ९ बजेको अपडेट अनुसार यी तथ्यहरु सार्वजनिक गरेको हो । अझै पनि यो संख्या बढ्न सक्ने देखिएको छ ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।