मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका मजदुरहरुले समयमा तलब नपाएको भन्दै आन्दोलित भएका छन् । धेरै समयदेखि तलब नदिएको भन्दै त्यहाँका मजदुर संगठनले एक विज्ञप्ति जारी गर्दै उद्योगका महाप्रबन्धकको राजिनामा माग गरेका छन् ।

मजदुरहरुले काम गरेबापत तलब नपाएको, तलब माग गर्दा तलब नदिने, मोबाइल स्वीच अफ गर्ने, लुकिलुकी हिँड्ने महाप्रबन्धकले जिम्मेवारी निभाउन नसकेकोले राजिनामा माग गरिएको विज्ञप्तिमा भनिएको छ । नेपाल औद्योगिक मजदुर सङगठन तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, समग्र उद्योग ट्रेड युनियन नेपाल तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विज्ञप्ति जारी गर्दै महाप्रबन्धकको राजिनामा माग गरेको नेपाल औद्योगिक मजदुर संगठन तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष दिपक सिं थोकरले जानकारी दिए ।

आन्दोलित संगठनले विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिँहदरबार काठमाडौ, जिल्ला प्रसाशन कार्यालय मकवानपुर, समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रिय कमिटी, राजनीति पार्टीका जिल्ला कमिटीहरु र सम्बन्धित मजदुर युनियनहरु लगायतका संस्थाहरुमा बोद्धार्थ पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुहोस् प्रेस विज्ञप्ति–