मकवानपुर । प्रसिद्ध माध्यमिक विद्यालय, बकैया गाउपालिका-१०, मन्थली, मकवानपुर विद्यालयमा रिक्त रहेको नि.मा.वि. तहमा गणित विषयको राहत अनुदान दरवन्दीमा शिक्षक नियुक्त गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइको मिति २०८०/०४/३० गतेको च.न. १२४ र वि.व्य.स.को मिति २०८०/०४/३० गतेको निर्णयअनुसार दरखास्त आव्हान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आव्हह्वान गरिन्छ ।
तपशिल:
विज्ञापन नं. : ०१-२०८०/०८१
संख्या : १ (एक)
तहः नि.मा.वि.(राहत शिक्षक) विषय: गणित
शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट +2 उत्तीर्ण वा सोसरह
तलब सुविधा : नेपाल सरकारले तोकेबमोजिम
दरखास्त दस्तुर : रु. २,५००/- (अक्षरेपी: दुई हजार पाँचसय मात्र)
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको,
परीक्षाको किसिमः लिखित, मौखिक र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मितिः २०८० भदौ १२ गते । ४:०० बजेसम्म
सम्पर्क मिति परीक्षा मिति : २०८० भदौ १३ गते । ४:०० बजेसम्म : सम्पर्क मितिमा जानकारी गराइनेछ ।
नोट : शिक्षक सेवा आयोगको करार सुचिमा रहेकाहरुको हकमा योग्यता क्रमको आधारमा विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्रमा नियुक्ति गरिनेछ । करार सुचिको दरखास्त पर्न आएमा अन्य उम्मेदवारहरुको दरखास्त फिर्ता गरिनेछ ।
आवश्यक कागजातहरु:
१) शैक्षिक योग्यताको प्रतिलिपिहरु,
२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
३) स्थायी अनुमतिपत्रको पत्रको प्रतिलिपि,
४) तालिम तथा अनुभव भएमा प्रतिलिपि
५) हस्तलिखित निवेदन १ प्रति,
६) सम्पूर्ण कागजातहरु २/२ प्रति ।
श्री प्रसिद्ध माध्यमिक विद्यालय
बकैया गाउपालिका-१०, मन्थली, मकवानपुर सम्पर्क नं: ९८४३६६७६७२ (प्र.अ. ९८५५०७१४३२ (अ.)