मकवानपुर । परोपकारी कार्यमा निस्तर लागी रहेको संस्था सहयोगी मन नेपालले स्वास्थ्य उपकरण रक्तचाप (ब्लडप्रेसर) मापन नाप्ने यन्त्र सहयोग प्रदान गरेको छ ।

हेरौडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित संसारिदेवी आमा समुह दिव्यनगर तथा प्रभातकालिन टोल विकास संस्थालाई उपकरण प्रदान गरिएको सहयोगीमन नेपालका अध्यक्ष केदार चौलागाइले बताउनुभयो ।


सामान हस्तान्तरण कार्यक्रम‌मा रानी वन उपभोक्ता समितिका उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठलाई र आमा समुहकी अध्यक्ष सोभा घिमिरेलाई संस्थाका सल्लाकार शिव खनाल, टोल विकास समन्वय समिति हेटौडा ६ का सचिव राजकुमार फुयाँल, हात्तिलेट टोल विकास संस्थाका अध्यक्ष वलभद्र स्वतिवडाको सह‌भागितामा सामान हस्तान्तण गरिएको थियो।