मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालयका लागि शिक्षक खाँचो परेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको मिति  २०८०/०४/१६ गतेको प.सं २०८०l०८१, च.नं ८४ को पत्रानुसार यस विद्यालयमा रिक्त हुन आएको माध्यमिक तह, सामाजिक विषयको राहत अनुदान कोटामा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलबमोजिम योग्यता पुगेका नेपाली नतागरिकहरुबाट तोकिएको मिति र समयमा दरखास्त दिन आव्हान गरिन्छ ।
तपसिल
१. तह: माध्यमिक, तृतीय श्रेणी (राहत अनुदान)
२. विषय : सामाजिक
३. योग्यता : सम्बन्धित विषयमा स्तातक तह वा सो सरह उत्तीर्ण गरेको
४. उमेर: दरखास्त दिने अन्तिम मिति सम्ममा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको । ५. दरखास्त दस्तुर : रु. १५,००/- (अक्षरुपि एक हजार पाँचसय मात्र)
६. छनोट प्रक्रिया : लिखित र अन्तरवार्ता (आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा लिन सकिने)
७ दरखास्त दिने अन्तिम मिति : २०८०।०५।१७ गते विद्यालय समयभित्र ।
८. सम्पर्क मिति: २०८००५।१८ गते १:०० बजे पछि ।
९. तलब तथा सेवा सुविधा नेपाल सरकारको प्रचलित नियमानुसार ।
१०. अनिवार्य आवश्यक कागजातहरू
क. हस्तलिखित निवेदन
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
ग. शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि
घ. स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
पुनश्च: तोकिएको अवधि भित्र शिक्षक सेवा आयोगको करार सूचीमा सूचिकृत | आवेदकले निवेदन दिएमा निजलाई प्राथमिकता दिईनेछ । (विज्ञापन भएको मितिले ७ (सात) दिन भित्र)
सम्पर्क नं.: प्र.अ. ९८४५०५६९६६, लेखापाल : ९८६१९२१९३३