बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।
एक सूचना प्रकाशित गर्दै मन्त्रालयले प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् ।
जागिर २०८१ असार मसान्तासम्मका लागि हुने सूचनामा उल्लेख छ ।